दफा १०
मन्जुरीनामा तथा अन्य कागजात
ः
(१) सेवा प्राप्त गर्न चाहने गर्भवती महिलाले गर्भपतन गराउने सम्बन्धमा आफ्नो मन्जुरीनामा अनुसूची–८ बमोजिमको ढाँचामा लेखि सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीलाई उपलब्ध गराउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि शारीरक वा मानसिक कारणले होस ठेगाना नभएकी र १६ वर्ष उमेर पूरा नगरेकी महिलाको हकमा त्यस्तो मन्जुरीनामा सम्बन्धित गर्भवती नजिकको नातेदारले लेखिदिन सक्नेछ ।
(३) चिकित्सक वा स्वास्थ्यकर्मीले उपदफा (१) र (२) बमोजिम प्राप्त मन्जुरीनामा सम्बन्धित स्वास्थ्य संस्थाको दर्ता रजिष्टरमा दर्ता गरेर दर्ता नम्बर र मिति उल्लेख गर्नु पर्नेछ ।
(४) जबरजस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहन गएको भनी सम्बन्धित गर्भवती महिलाले अभिव्यक्त गरेको बयानलाई सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीले विश्वसनीय आधार मानी सेवा उपलब्ध गराउनु वा उपयुक्त चिकित्सक वा स्वास्थ्यकर्मी समक्ष प्रेषण गर्नु पर्नेछ ।
(५) सेवा प्राप्त गर्न चाहने गर्भवती महिलाले चिकित्सक वा स्वास्थ्यकर्मी समक्ष व्यक्त गरेको बयान र सो बयान समर्थन गर्न सहयोग पु¥याउन सक्ने अन्य कुनै प्राविधिक आधार भए सो समेतको आधारमा सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीले गर्भमा रहेको भ्रुणको आयु निर्धारण गरी अभिलेखमा जनाउनु पर्नेछ ।